रुद्रसेन र समीक्षाको होली गीतमा आर्यन र बिनाको नृत्य

-तुलसी गिरी ‘भावुक’

सुप्रसिद्ध गायक रुद्रसेन बिश्वकर्माले होलीपर्व विशेष गीत ‘होली सरर’ को भिडिओ सार्वजनिक गरेका छन् l रुद्रसेन स्वयंको रचना/सङ्गीत रहेको सो गीतमा रुद्रसेन र समीक्षा अधिकारीले स्वर दिएका छन् भने योगेश काजीको सङ्गीत संयोजन र मनोज परियारको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ रहेको छ l

गीतकार, सङ्गीतकार तथा गायक रुद्रसेनकै अफिसियल युट्युब च्यानल RUDRASEN CREATION PVT. LTD. बाट एकदिन अघि डिजिटल बजारमा रिलिज भएको यस म्युजिक भिडिओमा लोकप्रिय कलाकार आर्यन सिग्देल र बिना राउतले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् l  भिडिओ प्रदिप कुमार रसाईलीको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको हो l जसमा ओम प्रसाईले सिनेमाटोग्राफी र अमृत चापागाईंले सम्पादन गरेका छन् l

लगभग डेढ दशक अघिदेखि नेपाली, मैथिली, भोजपुरी लगायतका भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा आब्बल पहिचान स्थापित गर्न सफल मिथिला क्षेत्रका सर्जक/कलाकार रुद्रसेनले गीत लेखन, सङ्गीत सिर्जना, गायन र अभिनय समेतमा आफूलाई उत्तिकै क्रियाशील गराउँदै आएका छन् l