सन्देशमूलक प्रेम गीतमा रामचन्द्र र अनु

-तुलसी गिरी ‘भावुक’

सुप्रसिद्ध गायक रामचन्द्र काफ्ले र लोकप्रिय गायिका अनु चौधरीको स्वरमा रहेको युगल गीत ‘ओई सुवा ओई बाज’ को भिडिओ सार्वजनिक भएको छ l मङ्गल जैगडीको शव्द, राजेश कैदीको सङ्गीत, शिशिर साधकको म्युजिक एरेन्ज र कुमार सोमारेको मिक्सिङ्/माष्टरिङ् रहेको यस गीतको भिडिओ गायक रामचन्द्रकै आधिकारिक युट्युब च्यानल Ram Chandra Kafle बाट डिजिटल बजारमा आएको हो l

विभोर पोखरेलको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा जातीय वि^भेद विरु^द्ध आवाज उठाईएको छ l भिडिओमा सुनिल थापा, रिमा विश्वकर्मा, विवेक पौडेल, मिरेश अधिकारी र निकेन महर्जनको अभिनय रहेको छ भने मिलन शंकरले छायाङ्कन र नहकुल खड्काले सम्पादन गरेका छन् l सुदूर पश्चिमेली भाषाको प्रयोग भएको यस गीतको भिडिओमा जातकै कारण युवतीका अभिभावकले आफ्नै छोरीको प्रेमीलाई कर्णालीमा फालेको अ^मानवीय कथा प्रस्तुत गरिएको छ l

भिडिओको अन्त्यमा कर्णालीमा फालिएका युवक संयोगवश बाँच्न सफल भएको र युवतीका बुबाले पनि छोरीको खुशी खोसेकोमा पश्चात्ताप गरेको देखाईएको छ l सन्देशमूलक कथा बोकेको यस म्युजिक भिडिओले हाम्रो समाजको एउटा यथार्थ र कुरूप पाटोलाई उजागर पारेको छ l