सुप्रसिद्ध सर्जक/कलाकार राजकुमार ब गर र करुणा राईको स्वरमा रहेको गीत ‘ज्यू ज्यू सोल्टी’ को भिडिओ सार्वजनिक भएको छ l हरि सापकोटाको शब्द, शंकर बराईलीको सङ्गीत तथा देवेश राईको सङ्गीत संयोजनमा तयार भएको गीतको भिडिओ गायिका करुणा राईकै युट्युब च्यानल Karuna Rai बाट बजारमा आएको हो l
देवेन्द्र पाण्डेको कोरियोग्राफी एवं निर्देशन रहेको यस म्युजिक भिडिओमा सुप्रसिद्ध सिने कलाकार राजेश हमाल र गायिका करुणा स्वयंको अभिनय रहेको छ l भिडिओका सिनेमाटोग्राफर रामकृष्ण चौंलागाई हुन् भने विकाश दाहालले सम्पादन गरेका छन् l भिडिओका निर्माता गीतकार हरि प्रसाद सापकोटा हुन् l












