-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध सर्जक/कलाकार शंकर थापा ‘स्माइल’ र दक्षता गुरुङको स्वरमा रहेको गीत ‘बहाना’ को भिडिओ सार्वजनिक भएको छ l डीपी खनालको शब्द र शंकर स्वयंको सङ्गीत रहेको यो गीत फिल स्टुडियोका प्राविधिक कुमार के.सी.ले रेकर्ड गरेका हुन् l
सुरज कपालीको कथा, कोरियोग्राफी, निर्देशन र सम्पादन एवं दिनेश पराजुलीको सिनेमाटोग्राफीमा छायाङ्कन भएको यस भिडिओमा एक वयस्क जोडीको एक अर्काप्रतिको आकर्षण भाव, बिस्तारै झाँगिएको प्रेम र फक्रन नपाउँदै बिचैमा टुटेको वियोगान्त अवस्थालाई देखाईएको छ l भिडिओमा रोशन रिजाल र महिमा श्रेष्ठले प्रमुख कलाकारको भूमिकामा अभिनय गरेका छन् भने खुसी घतानी, पुनम साही खड्गी र एलिसा कटुवाललाई सहायक भूमिकामा देख्न सकिन्छ l












