-सानु श्रेष्ठ
काठमाडौ । चर्चित गायिका प्रीति आले र गायक तथा सर्जक थुमन शर्माद्वारा स्वरबद्ध ‘ठकुरीकी छोरी’ बोल रहेको गीतको भिडिओ सार्वजनिक भएको छ । गीतमा थुमन र प्रीतिसंगै युवराज छन्त्याल तथा प्रतिभा शर्मा चपाईको स्वर रहेको छ । गीतमा प्रतिभा शर्मा चपाईको शव्द र प्रिय कुमारको संगीत रहेको छ ।
अर्जुन थापाको निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडिओमा गोविन्द विवश, सरिता धनकुटी, सबिता कार्की, कञ्चन सारु मगर, रेनुका बराल लगायतको अभिनय तथा नृत्य हेर्न सकिन्छ । भिडिओको छायाङ्कन तथा सम्पादन सुशील दांगीले गरेका हुन् । भिडिओ थुमन शर्मा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । यो गीत र भिडिओलाई पनि पहिलेकै गीत र भिडिओलाई जस्तै दर्शक/श्रोताले माया, साथ र सपोर्ट गर्ने छन् भन्ने कुरामा आशावादी रहेको कुरा गायक थुमन शर्मा तथा टिमले बताए ।













