एक-अर्काप्रति असीम प्रेम र विश्वास प्रकट गर्दै राजेश हमाल र करुणा

प्रसिद्ध सर्जक राजकुमार ब ग र को शब्द/सङ्गीतमा रहेको गीत ‘भाग्यमानी’ को भिडिओ सार्वजनिक भएको छ l राजु कार्कीको म्युजिक एरेन्ज एवं सीडी विजय अधिकारी र करुणा राईको युगल स्वरमा रहेको गीतको भिडिओ Garima Films युट्युब च्यानलबाट बजारमा आएको हो l

कुशल निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा शुटिङ भएको यस म्युजिक भिडिओमा वरिष्ठ कलाकार राजेश हमाल र करुणा राईले अभिनय गरेका छन् l जसमा रामकृष्ण चौंलागाईको छायाङ्कन र विकाश दाहालको सम्पादन रहेको छ l गीतमा प्रेमी-प्रेमिकाले एक-अर्काप्रति असीम प्रेम र विश्वास प्रकट गरेका छन् र साथ पाएकोमा दुबैले आफूलाई भाग्यमानी ठानेका छन् l