अभिनेत्री झरना थापाद्वारा अभिनित तीज गीत ‘माईतीको गाउँमा’ सार्वजनिक

प्रसिद्ध अभिनेत्री झरना थापा अभिनित तीज गीत ‘माईतीको गाउँमा’ को भिडिओ सार्वजनिक भएको छ l विशाल निरौलाको सङ्गीत तथा सङ्गीत संयोजनमा लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको यो गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ रन्जन राईले गरेका हुन् l

G Media Connection युट्युबबाट बजारमा आएको यस भिडिओमा प्रवीण थापाको कोरियोग्राफी, राजेश घिमिरेको छायाङ्कन र विष्णु खड्काको सप्पादन रहेको छ l भिडिओमा झरना थापाको साथमा इन्दु दनुवार, रविन कार्की, एमडी आजम लगायतका दर्जनौं कलाकारहरुले नृत्य/अभिनय गरेका छन् l