राजकुमारको सङ्गीतमा ‘तिमीलाई माया गर्ने मुटु’

प्रसिद्ध सर्जक राज कुमार ब ग र को सङ्गीत र सुमधुर स्वरका धनी राज सिग्देलको स्वरमा रहेको गीत ‘तिमीलाई माया गर्ने मुटु’ को भिडिओ रिलिज भएको छ l गीतकार दिपा पन्थीले रचना गरेको यस गीतमा कमल सौरागको सङ्गीत संयोजन रहेको छ भने मिक्सिङ/माष्टरिङको काम सङ्गीतकार ब ग र ले नै गरेका हुन् l

OSR Digital बाट २ दिन अघि रिलिज भएको यो भिडिओ चिरञ्जीवी पौडेलको परिकल्पना/लेखन र सुरज तामाङको कोरियोग्राफीमा छायाङ्कन भएको हो l दीपेन्द्र भट्टराईको ग्राफिक्स/सम्पादन रहेको यस भिडिओमा दीपक घिमिरे र शिरिषा खड्काले प्रमुख कलाकारको भूमिकामा अभिनय गरेका छन् l भिडिओमा पत्नी परपुरुषसँग लहसिन थालेपछि विक्षिप्त बनेको पतिको अवस्थालाई प्रस्तुत गरिएको छ l