दीपेन्द्र अधिकारीको रचनामा ‘जिन्दगी हो खेल जस्तै’

-तुलसी गिरी ‘भावुक’

सङ्गीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्र^ याप’ मा पारिएको कथामा आधारित म्युजिक भिडिओ ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक भएको छ l लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीको शव्दरचना, प्रसिद्ध सर्जक राजकुमार ब^ गरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतमा चर्चित गायन रियालिटी शो The Voice of Nepal Season 5 का विजेता विनोद राईले स्वर दिएका छन् l भिडिओ dA Creations युट्युब च्यानलबाट आइतबार डिजिटल बजारमा आएको हो l फरक विषयबस्तु र गुणस्तरीय गीतका कारण छोटो समयमै चर्चामा आएका गीतकार दीपेन्द्र अधिकारीका यसअघि मनमोहक पोखरा, चुलबुल चुलबुल (मामा भाञ्जीको गीत), नेपालकी छोरी, जनताको म र्म, जीवनको रेल र फर्किन्छु यसपाली (दसैं-तिहार) शीर्षकका गीत सार्वजनिक भएका छन् l

‘जिन्दगी हो खेल जस्तै’ को भिडिओ प्रसिद्ध छायाकार, सम्पादक एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, दृश्य तथा रङ्ग सम्पादनमा तयार भएको हो l जसमा अजय रेग्मीको सिनेमाटोग्राफी र लोकेश भाटको ग्राफिक्स रहेको छ l भिडिओमा सेलिब्रेटीको भूमिकामा गीतका गायक विनोद राई स्वयंले र षड्य^ न्त्रकारी युवतीको भूमिकामा ऋचा थापाले अभिनय गरेका छन् भने सहायक भूमिकामा राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल र सुरज भुसाललाई देख्न सकिन्छ l भिडिओ रिलिज भएपछि युट्युवका धेरै दर्शकले क्रिकेटर सन्दिप लामिछानेको कथा जस्तै भएको प्रतिक्रिया दिएका छन् l

ईम्युजिकडायरीले राखेको जिज्ञाशाको जवाफ दिँदै भिडिओका कथाकार एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ ले यो सन्जिब लामिछानेको कथा नभएको स्पष्ट पारेका छन् l उनी भन्छन्-‘यो एउटा सचेतनामूलक एवं सन्देशमूलक भिडिओ हो l यसमा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित पुरुषहरु बेला बेलामा ‘हनी ट्र^ याप’ मा पर्ने गरेको र त्यस्ता घटनाबाट देशले नै ठूलो अपेक्षा गरेको व्यक्तिको जिन्दगी कसरी भताभु^ ङ्ग हुन्छ भन्ने कुरा देखाउन खोजिएको हो l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l