कीर्तिमानी सर्जक डा. उपाध्याय भारतमा सम्मानित

विश्व कीर्तिमानी सर्जक डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा डा.उपाध्यायलाई सम्मान अर्पण गरिएको हो । सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा.विके बजाज, डा.जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जित लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

डा.उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान अर्पण गरिएको थियो । डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडिओ पनि सार्वजनिक छन् ।