म्युजिक भिडिओ विमोचन समारोहमा सर्जक/कलाकारहरु सम्मानित

म्युजिक भिडिओ ‘दाग’को विमोचन कार्यक्रममा स्रष्टा/कलाकारहरूलाई सम्मान गरिएको छ । सोमाबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा स्रष्टा/कलाकारलाई सम्मान गरिएको हो । कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला प्रतिष्ठानबाट मोडल/नृत्य निर्देशक प्रदीपकुमार रसाइली, गीतकार टिका भट्टराई नेपाल र फोटोपत्रकार बद्री थापालाई ‘तारकेश्वर कला सम्मान २०८०’ अर्पण गरिएको थियो ।

सो अवसरमा पि. आर. इन्टरटेन्मेन्टकी संरक्षक दिलकुमारी रसाइली, हिटाकर्मी एवं गीतकार गीता अधिकारी, विशिष्ट कलाकारहरू रमा थपलिया, उत्तम केसी, भिडिओ निर्देशक प्रदीप रसाइली, सङ्गीतकार पुस्कर सुनुवार, मोडल/निर्देशक सिवन पोखरेल, कलाकारहरू समिता गिरी, सरोज गिरी, राजकुमार शाह, सुमिना कार्की, डुपचन लामा, सौन्दर्यकर्मी शंकर वराल, सम्पादक/कलरिष्ट अमृत चापागाई लगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा म्युजिक भिडिओ ‘दाग’को विमोचन गरिएको थियो । ज्ञानलाल शास्त्रीको शब्द एवं सङ्गीत, पूर्णिमा लामाको स्वर र जीवन बडुको म्युजिक एरेञ्ज रहेको सो गीतको भिडिओ प्रदीपकुमार रसाइलीको निर्देशनमा निर्माण भएको हो । स्वमिक गौतम र गणेश मण्डलको छायाङ्कन रहेको सो भिडिओमा अमृत चापागाईंको सम्पादन छ ।

भिडिओमा प्रदीपकुमार रसाइली, समिता गिरी, सरोज गिरी (गिरी राजा), रमा थपलिया, उत्तम केसी नेपाल, राजकुमार शाह, सुमिना कार्की, दुप्चन लामालगायतका कलाकारको अभिनय छ । गीतको भिडिओ पि. आर. इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला र भिडिओ चलचित्र निर्देशक सङ्घकी अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’ विशेष अतिथि रहेका थिए । अतिथिहरूले गीत र भिडिओ राम्रो बनेको प्रतिक्रिया दिँदै बधाई तथा शुभकामना दिएका थिए ।