युटर्न ईन्टरनेशनल प्रा.लि.को दोस्रो स्थापना दिवस सम्पन्न


युटर्न ईन्टरनेशनल प्रा.लि.को दोस्रो स्थापना दिवस राष्ट्रिय सभा गृहमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम सोही संस्थाका अध्यक्ष बलराम सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने कृषि तथा पशुपंक्षी बिकाश मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यता रहेको थियो l

कार्यक्रम संस्थाका निर्देशक अर्जुन गिरीले सञ्चालन गरेका थिए । दोस्रो स्थापना दिवसको अवसरमा युटर्न  ईन्टरनेशनल प्रा.लि.सँग आबद्ध रहेर काम गरेका उत्कृष्ट कर्मचारी र सदस्यहरुलाई अवार्ड समेत वितरण गरिएको थियो । कार्यक्रममा अतिथि, कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो भने आफ्नो कार्यकालमा व्यापार घाटा न्यूनीकरण कार्यक्रमको सुरुआत गरेको भन्दै पूर्व मन्त्री मीन बिश्वकर्मालाई बिशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा लोकप्रिय गायक / गायिका कुलेन्द्र बिक र प्रीति आलेले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको ब्यवस्थापन बहुप्रतिभाशाली ब्यक्तित्व सुवास केसिले गरेका थिए भने मिडिया संयोजकको भूमिका पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ ले निर्वाह गरेका थिए । कार्यक्रमलाई भब्य सभ्य रुपमा सफल पार्न सहयोग गर्ने युटर्न टिम, शुभचिन्तक, पत्रकार र कलाकारहरुप्रति आभार प्रकट गर्दै आगामी दिनमा सबैसँग  हातेमालो गर्दै अगाडि बढ्ने कुरा अध्यक्ष बलराम सुवेदीले बताए । साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न समेत अध्यक्ष सुवेदीले अनुरोध गरेका छन् ।

SUBSCRIBE 👉