पशुपति म्युजिकको तीजगीत ‘ओइ ओइ लालुमै’


पशुपति म्युजिक प्रा.लि. ले यस बर्षको तीजगीत ओइ ओइ लालुमै को भिडिओ बजारमा ल्याएको छ । लोकप्रिय सर्जक / कलाकार शंकर विसी र अञ्जली अधिकारीको प्रमुख अभिनय रहेको यस तीजगीतमा नेत्र अर्यालको शब्दरचना तथा खेम सेन्चुरीको लय सृजना रहेको छ भने खेम सेन्चुरी र देवी घर्ती मगरले स्वर दिएका छन् ।

पशुपति म्यूजिकको युट्युब च्यानल मार्फत केहीदिन अघि सार्वजनिक भएको यस गीतमा विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको छ । माया प्रेमको भाव अभिव्यक्त यस गीतको भिडिओ शंकर विसीको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको हो l भिडिओमा दुर्गा पौडेलको सिनेम्याटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ । गीतका निर्माता शिवराज पौडेल हुन् । पशुपति म्युजिक बिगत २ दशकदेखि गीत सङ्गीतको उत्पादन तथा वितरणमा निरन्तर क्रियाशील रहँदै आएको छ l