छोटो समयमै ट्रेण्डिङ्को १७ औं नम्बरमा ‘हल्का हल्का लजाएर’

-तुलसी गिरी ‘भावुक’


विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध गीत हल्का हल्का लजाएर यो समाचार लेखिरहँदा युट्युब ट्रेण्डिङ्को १७ औं नम्बरमा उक्लन सफल भएको छ l एकदिन अघि मात्र रिलिज भएको यो भिडिओ प्रिमियर भएको केही समय पछि नै ट्रेण्डिङ्मा प्रवेश गरेको थियो भने रफ्तारमा अझ माथि उक्लने क्रम पनि बढिरहेको छ l चन्द्र शर्मा ‘परिष्कृत’ को शब्दरचना, गोपाल रसाईलीको सङ्गीत संयोजन, श्यामश्वेत रसाईलीको मिक्सिङ/माष्टरिङ तथा अञ्जु पन्त र निशान भट्टराईको स्वरमा रहेको यस गीतको भिडिओ Eenakshi Entertainment युट्युब च्यानलमा अपलोड गरिएको छ l

प्रेम आकर्षण भावमा रहेको यो गीतको भिडिओ राजाराम सिम्खडाको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो l भिडिओकी निर्मात्री तेजी प्रसाईं हुन् l भिडिओमा लोकप्रिय सेलिब्रेटीहरु राजेश हमाल र करिश्मा मानन्धर एवं पल शाह र पूजा शर्माको दुई जोडीलाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ l लोक फ्लेवरको महकले सजिएको यस गीतको भिडिओमा कोरियोग्राफर राजारामको आकर्षक कोरियोग्राफीको प्रशंसा नगरी रहन सकिन्न l जहाँ राजेश हमाल र करिश्मा मानन्धरले समेत युवा जोशका साथ प्रशंसनीय नृत्य गरेका छन् l भिडिओमा उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l