प्रतिष्ठानद्वारा आफ्नै भवनमा आईसोलेशन बेडको व्यवस्था

-प्रकाश बराईली ‘अभिव्यक्ति’


अहिलेको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले कोरोनाबाट सङ्क्रमित कलाकारहरुलाई आफ्नै भवनमा आईसोलेशन बेडको ब्यवस्था गर्ने भएको छ । प्राप्त जानकारी अनुसार सो भवनमा बिरामीहरुलाई पिउने पानी, बेड, खाना, किचन र ट्वाईलेटको साथै केही स्वास्थ्यकर्मी सहित औषधीको समेत व्यवस्था गरिने छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालटोखा नगरपालिकाको सहकार्यमा हुन लागेको यस कार्यमा चिरायु हस्पिटलले केही स्वास्थ्यकर्मी पठाएर सहयोग गर्ने कुरा जानकारीमा आएको छ । यस कार्यका लागि सुरुमा १० वटा बेड उपलब्ध भएको कुरा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्माले जानकारी गराएका छन् । प्रतिष्ठानले कोभिड १९ आकस्मिक सहयोग समिति समेत गठन गरेको छ । यस अभियानमा कोभिड समिति संयोजकको रुपमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रिता थापा रहेकी छिन् ।

यस बारेमा थप जानकारी लिन परेमा तथा सहयोग चाहिएमा वर्तमान केन्द्रीय अध्यक्ष रमेश बिजीको मोबाइल नम्बर ९८५१०६५५३८ र केन्द्रीय महासचिव सुवास केसीको मोबाइल नम्बर ९८५११२८६३७ मा सिधै सम्पर्क गर्न सकिने कुरा जानकारीमा आएको छ ।