पहिलोपटक गायकको रुपमा सर्जक लेखराज गिरी

तुलसी गिरी ‘भावुक’


लेखराज गिरीले रिता केसीसँगको युगल स्वरमा रहेको गीत माग्छ्यौ माया को भिडिओ सार्वजनिक गरेका छन् l यसअघि शव्दरचना र सङ्गीत सिर्जना गर्दै आएका गिरीले पहिलोपटक गीत गाएका हुन् l ‘सानैदेखिको गीत गाउने चाहना बल्ल पूरा भएको छ’ उनी भन्छन् l लेखराजकै शब्दरचना/सङ्गीत रहेको यो गीत उनकै पहिलो एकल एल्बम पाइला बाट लिईएको हो l जसमा केबी भण्डारीको सङ्गीत संयोजन र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको छ l

माग्छ्यौ माया को भिडिओ सन्तोष राजबहाकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो l जसमा राम कुमार केसीको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ l भिडिओमा मनोज ओली र याङ्शु श्रेष्ठले प्रमुख कलाकारको रूपमा अभिनय गरेका छन् l केही समय अघि रिलिज भएको लेखराजको शब्दरचना र सुरज पण्डितको सङ्गीत/स्वर रहेको गीत रेलको बाटो को भिडिओले युट्युबमा १६ लाख नजिक भ्युज पाएको छ भने छिट्टै यो गीत स्मृति शाहीको स्वरमा फिमेल भर्सनमा पनि आउन लागेको कुरा लेखराजले जानकारी गराए l  निकट भविष्यमै रेलको बाटो – २ रिलिज गर्ने तयारी भईरहेको पनि सर्जक/कलाकार गिरीले जानकारी गराएका छन् l