रोमाण्टिक भावमा गीतकार महेश्वर शर्मा

रघुनाथ सापकोटा


कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत जादू को भिडिओ सार्वजनिक गरिएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो दोस्रो गीत हो । रुपन्देहीको देवदह स्थायी रुपमा बसोबास भएका शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन् । नेपाली साहित्यमा कलम चलाउँदै आएका शर्माको यसअघि मुटुभरि देश बोकी बोलको राष्ट्रप्रति समर्पित गीत आइसकेको छ l साथै उनको कवितासङ्ग्रह प्रवासका जूनहरु पनि प्रकाशित छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन् । जादू बोलको गीतमा प्रसिद्ध गायक राजेशपायल राई तथा गायिका मेलिना राईको स्वर रहेको छ भने आनन्द राईले सङ्गीत दिएका छन् । यसैगरि सङ्गीत संयोजन महाराज थापाको रहेको छ ।

सार्वजनिक भएको गीतको भिडिओको निर्देशन युवराज वाईबाको, सम्पादन विकास दाहालको र छायाङ्कन निसल पौडेल तथा दिपेन्द्र भट्टको रहेको छ । भिडिओमा पुष्प खड्का र एलिशा राईले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् । साथै यस भिडीओमा महेश्वर शर्मा तथा सोनम पाण्डे शर्मालाई समेत देख्न सकिन्छ । भिडिओ ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।