Best Music Nepal ले विकृति-विसङ्गति विरुद्ध आवाज उठाउने

-तुलसी गिरी ‘भावुक’


केही बर्ष अघिदेखि नेपाली गीत-सङ्गीत क्षेत्रमा सक्रीय रहँदै आएका गीतकार ध्रुव प्रसाद अम्गाई लगायत जुझारु गायकहरु अर्जुन पौडेल, नारायण थापा र लक्ष्मी निर्मल कोईरालाको संयुक्त प्रयासमा Best Music Nepal नामक युट्युब च्यानलको स्थापना भएको छ l आगामी दिनहरुमा आफ्ना लगायत अरुका सिर्जनाहरुलाई समेत विशेष स्थान दिँदै नेपाली साङ्गीतिक क्षेत्रमा केही भिन्न र सबै पक्षको हक-अधिकार सुनिश्चित हुने किसिमले काम गर्ने कुरा सर्जक तथा च्यानलका सञ्चालकहरु मध्येका एक अम्गाईले जानकारी गराएका छन् l

सङ्गीत क्षेत्रमा विविध किसिमका विकृति – विसङ्गतिहरु देखिएकोले त्यसलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्न सकिन्छ कि भनेर Best Music Nepal को स्थापना गरिएको कुरा सर्जक अम्गाईले बताएका छन् l आफ्नो गीतमा आफैं लगानी गर्दै आएका लोकप्रिय गीतकार अम्गाई भन्छन्- ‘यस क्षेत्रमा हामी सर्जक र लगानीकर्ता सबैभन्दा बढी शोषित छौं l सर्जक र लगानीकर्ताको समस्याको सम्बोधन नै हाम्रो पहिलो लक्ष रहेको छ भने यस क्षेत्रमा भईरहेका असमान प्रकृतिका, झुक्याएर या ढाँटेर गरिने सम्झौताको विरुद्धमा पनि हामी लाग्ने छौं र पारदर्शी काम गर्ने छौं l’

Best Music Nepal ले पहिलो कोसेली स्वरूप भरखरै प्रेम समर्पण भावको गीत तिम्रो आकर्षणले को भिडियो सार्वजनिक गरेको छ l आनन्द अधिकारीको शब्दरचना, शिखर सन्तोषको सङ्गीत तथा मेलिना राई र नारायण थापाको स्वर रहेको यस गीतको भिडियो केशवराज भट्टको कोरियोग्राफीमा निर्माण भएको हो l जसमा प्रकाश धितालको निर्देशन रहेको छ l उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको यस भिडियोमा सुधिर श्रेष्ठ र प्रतिक्षा काफ्लेले अभिनय गरेका छन् l यो टिमले आगामी बर्ष २०७८ देखि आफ्नो व्यावसायिक काम सुरु गर्ने योजना रहेको थाहा भएको छ l