दशैं-तिहार विशेष गीत, धानको बाला झुलाउँदै सन्जिव

तुलसी गिरी ‘भावुक’


कोरोना महामारीका कारण परिस्थिति असहज भएपनि दशैँ-तिहार विशेष गीतका भिडियोहरु युट्युबबाट सार्वजनिक हुन थालेका छन् l गायक सन्जिव कुमार पौडेलले पनि भरखरै एकल स्वरमा दशैं-तिहार विशेष गीत धानको बाला को भिडियो रिलिज गरेका छन् l गायक पौडेलले आफ्नै अफिसियल युट्युब च्यानल Sanjib Kumar Paude बाट सो भिडियो सार्वजनिक गरेका हुन् l डीपी भरेलीको शब्द रचनाको यो गीत सन्जिवले आफ्नै सङ्गीतमा गाएका हुन् l जसमा देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ भने राजाबाबु थारुले रेकर्डिङ र प्रकाश मिश्रले मिक्सिङ / माष्टरिङ गरेका छन् l

गीतको भिडियो काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन तथा राजेश घिमिरेको सिनेम्याटोग्राफीमा  छायाङ्कन भएको हो भने दीपक विष्टले भिडियोको सम्पादन गरेका हुन् l भिडियोमा काजिश श्रेष्ठ, लोमश शर्मा, अर्जुन गौतम, फरिता खड्का र प्रमिता राज घतानीको अभिनय रहेको छ l