अञ्जना पौडेल ‘अनुश्रुति’को शब्दरचनामा नयाँ आधुनिक गीत रेकर्ड भएको छ । अग्रज सङ्गीतकार शक्ति बल्लभको सङ्गीत र लोकप्रिय गायक आनन्द कार्कीको स्वरमा असार २२ गते साउण्ड डिजाईन स्टुडियो, नक्सालमा नयाँ आधुनिक गीत रेकर्ड भएको हो ।
![](https://emusicdiary.com/wp-content/uploads/2020/07/107010281_643899149544553_8791932515500956793_n-1024x585.jpg)
मनको मान्छे मुटुबाट बसाईं सरी गयो बोल रहेको सो गीतमा मनोहर सुनामको सङ्गीत संयोजन रहेको छ भने रेकर्डिङ भोला पौडेलले गरेका हुन् l सामाजिक दूरी कायम गरेर गीत रेकर्ड गरिएको कुरा गीतकार ‘अनुश्रुति’ ले जानकारी गराएकी छिन् । ‘गीत छिट्टै सार्वजनिक हुने छ’ गीतकार ‘अनुश्रुति’ भन्छिन् l
![](https://emusicdiary.com/wp-content/uploads/2022/03/kumar-rana-maruni-digital.jpg)