प्रेमगीत लिएर आए राम कुमार

Ambika Music Nepal नामक युट्युब च्यानलबाट भरखरै ‘भन कुन चाहिं खुशी दिऊँ तिमीलाई’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ l राम कुमार { ईश्वर } शिवाकोटीको शब्दरचना तथा अर्जुन पोखरेलको सङ्गीत रहेको यस गीतमा सुगम पोखरेल र बब्बी लिम्बूले स्वर दिएका छन् l एक अर्काप्रतिको समर्पण भावमा लेखिएको यस गीतमा नायक नायिकाले जन्म जन्मान्तर सँगै जिउने र सँगै मर्ने चाहना व्यक्त गरेका छन् l  

प्रमोद भण्डारीको कोरियोग्राफीमा निर्माण भएको यस भिडियोमा निराजन प्रधान र सृष्टि खड्काको अभिनय रहेको छ l यसैगरी भिडियोका छायाकार वुद्ध थापा हुन् भने निशान कश्यपले सम्पादन गरेका छन् l उच्च पहाडी क्षेत्रमा छयाङ्कन गरिएको यो भिडियोका दृश्यहरु निक्कै मनमोहक छन् l यस गीतका रचनाकार राम कुमार { ईश्वर } शिवाकोटी लगभग डेढ दशक भन्दा अघिदेखि अम्बिका म्युजिक मार्फत सङ्गीत व्यावसायमा क्रियाशील रहँदै आएका छन् l