सुमन श्रपितको गीत ‘टिलपिल टिलपिल तारा’ मा सुपुष्पा र रोहन

  – तुलसी गिरी ‘भावुक’

मोफसलमा रहेर पनि व्यावसायिक गीतकारको छवि बनाएका लोकप्रिय गीतकार सुमन श्रापितको शब्दरचना तथा जीवन परियारको सङ्गीतमा लोक आधुनिक शैलीको गीत ‘टिलपिल टिलपिल तारा ……’ को भिडियो सार्वजनिक भएको छ । पोखरेली गीतकार श्रापित लोक, आधुनिक, फिल्मी, पप, चाड विशेष लगायत सबै प्रकारका गीत लेख्नमा उत्तिकै सक्रिय रहँदै आएका छन् । विक्रम जङ्ग शाह र मेलिना राईको स्वर रहेको यस गीतको  भिडियोमा रोहन अशिवको कोरियोग्राफी रहेको छ भने सुपुष्पा भट्ट, रोहन नेपाली र अजय पुनलाई प्रमुख भूमिकामा देख्न सकिन्छ ।ठूलो पर्दाको चलचित्र रणवीरबाट ‘डेब्यु’ गरेकी सुपुष्पालाई ‘इण्डियन लुक्स’ भएकी नायिकाका रुपमा धेरै दर्शकले रुचाएका छन् । हालै रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ मा पनि अभिनय गरेकी सुपुष्पा ‘चपली हाइट ३’ मा समेत मुख्य भूमिकामा अनुवन्ध भएकी छिन् । गीतमा आफ्नी मायालुको सौन्दर्यको अत्यन्तै मीठो वयान गरिएको छ । लगभग साँढे ५ मिनेटको भिडियोमा भिलेनको समेत उपस्थिति रहेकोले रोमाञ्चकता थपिएको छ ।विक्रम जङ्ग शाहको प्रस्तुति रहेको यस गीतमा मेलिना राई र विक्रम जङ्ग शाहको स्वर रहेको छ भने सङ्गीत संयोजन सुदिप सागरले गरेका हुन् । यसैगरी भिडियोमा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । भिडियो ओएसार युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

video Link