ओएस अवार्डका टप फाइभलाई प्रमाणपत्र वितरण, गीतकार महर्जनको ‘अर्पण’ एल्बम सार्वजनिक

‘तेस्रो ओ.एस. नेपाल म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट ५ मा पर्न सफल ५८ विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । हालै पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा एक कार्यक्रमको आयोजना गरी अवार्डका टप फाइभलाई प्रमाणपत्र वितरण गरिएको हो । विवेक कार्कीको सभापतित्व एवं मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा कवि तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’को एकल रचनामा रहेको गीति एल्बम ‘अर्पण’ को समेत लोकार्पण गरिएको थियो ।

लोकार्पित एल्बम ‘अर्पण’ मा  मेलिना राई, योजना पुरी, यज्ञ राई, इन्दु कुँवर, जितेन्द्र खाती, राम अवाले आदि गायक – गायिकाको स्वर रहेको छ भने  एल्बमका सम्पूर्ण गीतको सङ्गीत तथा सङ्गीत संयोजन राम कार्कीले गरेका हुन् । कार्यक्रम शिशिर भण्डारी, चिरञ्जीवी सापकोटा, योजना पुरी र कमल सरगमले सञ्चालन गरेका थिए ।