रेस्पोन्सिभ मिडिया प्रा. लि. को आयोजनामा सम्पन्न हुन गईरहेको दोस्रो ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ को उत्कृष्ट पाँचमा पर्न सफल गीत – सङ्गीत क्षेत्रका सर्जक, कलाकार एवं प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l शनिबार बसुन्धरास्थित यति ईभेन्ट्समा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचका नोमिनिजहरुलाई प्रमाणपत्र वितरण गरिएको हो l समारोहमा ४२ विधाका २ सय १० नोमिनिजहरुले प्रमाणपत्र ग्रहण गरेका थिए l अवार्ड आयोजक समितिका अध्यक्ष मनोज जंग थापाका अनुसार अवार्ड कार्यक्रम आगामी असोज ९ गते आयोजना हुने छ l समारोहमा सङ्गीत क्षेत्रका एकजना विशिष्ट व्यक्तिलाई नगद सहित ताम्रपत्रको साथमा लाईफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरिने छ भने लोकप्रिय एवं क्रियाशील केही कलाकारहरु समेत सम्मानित हुने छन् l लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्ने र सम्मानित हुने कलाकारहरुको नाम भने हाल सार्वजनिक गरिएको छैन l यसैगरी अवार्ड समारोहमा सङ्गीत पत्रकारिताको माध्यमबाट यस क्षेत्रको विकाश र विस्तारका लागि क्रियाशील ६ जना रङ्ग पत्रकारहरु समेत ‘सगरमाथा सङ्गीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् l अवार्ड आयोजक समितिले सार्वजनिक गरे अनुसार सो सम्मानबाट तुलसी गिरी ‘भावुक’, शान्तिप्रिय, विजय आवाज, राज श्रेष्ठ, कुवेर डंगोल र मनीष दाहाल सम्मानित हुने छन् l
‘सगरमाथा म्युजिक अवार्ड’का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण, असोज ९ गते अवार्ड आयोजना हुने
September 1, 2019
सम्बन्धित खबरहरु
एआई, सङ्गीत र सर्जकहरुको भविष्य
October 10, 2024
यथार्थपरक कथामा दीपेन्द्र अधिकारीको दसैं-तिहार गीत
October 10, 2024
यात्रामा भेटिएकी युवतीको प्रेममा गायक कन्हैया सिंह परियार
October 4, 2024
आफ्नै सङ्गीत गुरुसँग युगल गायनमा आइस्मा
September 22, 2024
हरिओम मङ्गोलको ‘माया लाउनै हतार भो’ सार्वजनिक
September 20, 2024
धनमायाको ‘सपनीमै देख्ने छैन’ बजारमा
September 20, 2024
परदेशीको यादमा गायिका रिता बुढाथोकी
September 20, 2024
एक-अर्काप्रति असीम प्रेम र विश्वास प्रकट गर्दै राजेश हमाल र करुणा
September 20, 2024
प्रेमिकाको रुप र गुणको प्रशंसा गर्दै गायक सन्तोष
September 17, 2024
एकै समयमा दुई युवकसँग प्रेमको नाटक
September 17, 2024
अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा.सुवेदीको ‘नरोऊ है आमा’
September 9, 2024
११ औं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न
September 4, 2024