ठगी गर्दै हिँड्ने महिला ५ करोड धरौटी तिर्न नसकेपछि जेल गईन्

समाचार स्रोत : फलानो क्रिएशन, पोखरा

धेरै व्यक्तिहरुसँग विभिन्न बहानामा पैसा मागी करौडौं कुम्ल्याएर बेपत्ता भएकी बाग्लुङकी सरिता कुमारी रानालाई कास्की प्रहरीले गत माघ ८ गते सार्वजनिक गर्यो । पोखरा लेखनाथमा बस्ने, राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र विभिन्न व्यवसाय छ भन्दै धेरैसँग रकम मागेर उनी फरार भएकी थिईन् ।

माघ १ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको थियो । ७ गते उनलाई प्रहरीले काठमाडौंबाट पक्रेर पोखरा ल्यायो र ८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्यो । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत फागुन १० मा उच्च अदालत पोखरामा बैंकिङ कसुर मुद्दा दायर गर्यो । उनै सरिता अदालतको आदेशपछि अहिले कास्की कारागारमा छिन् ।

अदालतले ५ करोड धरौटी मागेकोमा बुझाउन नसकेपछि सरितालाई जेल चलान गरिएको हो । जनकलाल लोहनीको जाहेरीमा परेको मुद्दामा १२ लाख रुपैया बिगो दाबी गरिएको छ भने रेशमलाल कँडेलसमेतको जाहेरीमा परेको मुद्दामा २ करोड ३८ लाख रुपैया बिगो दाबीसहित मुद्दा दर्ता भएको मुद्दा शाखाका नायव सुब्बा रामप्रसाद न्यौपानेले बताए । उक्त मुद्दामा थुनछेक वहसपछि मुख्य न्यायधीश कुमार चुडाल र न्यायधीश जीवनहरि अधिकारीको इजलासले बिगोको दोब्बर रकम अर्थात ५ करोड रुपैया धरौटीको आदेश गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई कास्की कारगार चलान गरिएको हो ।

थप विवरण भिडियोमा हेर्नुहोस् ।