पाँचौं ‘छायाछवि तीज म्युजिक अवार्ड २०७५’ सम्पन्न भएको छ । गत सोमबार नक्सालस्थित सेलिब्रेटी पार्टी प्यालेसमा भव्यताकासाथ अवार्ड समारोहको आयोजना गरिएको थियो । समारोहमा प्रतिस्पर्धात्मक ३१ विधा र अन्य ७ गरी कूल ३८ विधाका तीजगीत सर्जक, कलाकार र प्राविधिकहरुका साथै पत्रकार समेतलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको थियो । सङ्गीत क्षेत्रमा बर्षेनी दर्जन भन्दा बढी अवार्ड कार्यक्रमहरुको आयोजना हुँदै आएको भएपनि यो एकमात्र ‘तीज म्युजिक अवार्ड’ हो । तीज विशेषगरी हिन्दू नारीहरुको विशेष पर्व हो भने यस पर्वका आफ्नै प्रकारका मौलिक एवं साँस्कृतिक परम्पराहरु रहेका छन् । तथापि व्यावसायिकताका नाममा केहीवर्ष यता ‘तीजगीत’ मा विकृति पनि बढीरहेको सन्दर्भमा यस अवार्डका आयोजकहरुले मौलिक र परम्परात्मक संस्कृति झल्कने गीतलाई मात्र प्राथमिकता दिएबाट संस्कृतिको जगेर्नामा यस अवार्ड कार्यक्रमले अहम् भूमिका निर्वाह गरेको देखिन्छ । अवार्ड समारोहमा आयोजक कमिटीका अध्यक्ष शान्तिप्रियले ‘तीजगीत’ मा बर्षेनी ठूलो धनराशी लगानी भईरहेको कुरा उल्लेख गर्दै पर्वजन्य महत्व बोकेका र मौलिक गीतलाई प्रोत्साहित गर्नकै लागि यो अवार्ड आयोजनाको थालनी गरिएको कुरा बताएका थिए । समारोहमा अवार्ड विजेताहरुले ट्रफीको साथमा प्रमाणपत्र समेत प्राप्त गरेका थिए भने जयन सुब्बा मानन्धर भने नगद सहित ‘छायाछवि रङ्ग पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएकी थिईन् । नेपालमा निर्मित पहिलो नेपाली चलचित्र ‘आमा’ की नायिका भूवन चन्द, पहिलो नेपाली रंगिन चलचित्र ‘कुमारी’ की नायिका चैत्यदेवी र पहिलो हास्य अभिनेत्री बसुन्धरा भुसालको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । अवार्ड समारोहको समापन पश्चात सबैले तीजको दर ग्रहण गरेका थिए ।
अवार्ड विजेताहरुको नाम, विधा र गीतको बोल:
सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
श्यामश्वेत रसाइली: धनगढी थर्काउने
सर्वोत्कृष्ट तीजगीत मिक्सिङ
कुमार राना मगर: माइती देश सम्झेर
सर्वोत्कृष्ट तीजगीत एरेञ्जर
झलक संगीतम् : माइतीको आश
सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
सुदिप सागर: कोरियन सारी
सर्वोत्कृष्ट तीज दोहोरी नव गायक
राम गोपाली : भदौरे झरी
सर्वोत्कृष्ट तीज दोहोरी नव गायिका
अमृता श्रीपाल: खैनीले
सर्वोत्कृष्ट तीजगीत नव गायिका
बीना भट्टराई: स्वामीज्यू
सर्वोत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ
सर्वोत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
आरुषी मगर: चुरीया छैं छैं
सर्वोत्कृष्ट तीजगीत मोडल
दीपाशा विसी : कति राम्रो
सर्वोत्कृष्ट तीजगीत छायाकार
करण चैसीर : जान्न फर्केर
सर्वोत्कृष्ट तीजगीत सम्पादक
वीरेन्द्र भाट विपिन : यतै घमाइलो
सर्वोत्कृष्ट तीजगीत युगल मोडल
दीपाशा विसी/टीका जैशीः माइती देश सम्झेर
सर्वोत्कृष्ट तीजगीत नृत्य निर्देशक
नारायण रिजाल : पाइन्ट लगाउँ कि सारी
सर्वोत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
राजीव बलामी : छड्के तिलहरी
सर्वोत्कृष्ट तीजगीत भिडियो निर्देशक
विक्रम चौहान : दिदी बहिनी
सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
शिव हमाल : छम्म छम्म
सर्वोत्कृष्ट तीजगीत शब्द
कस्तुप पन्त : चेलीको आँशु
सर्वोत्कृष्ट तीज दोहोरी गीत लय
रामु खड्का : भदौरे झरी
सर्वोत्कृष्ट तीजगीत लय
हरि विष्ट : माइती देश सम्झेर
सर्वोत्कृष्ट तीज युगल नव गायन
इन्दिरा रजक/अनिता कुँवर : दिदी बहिनी
सर्वोत्कृष्ट तीजगीत गायन मोफसल
कल्पना कुसुम : संगीनी
सर्वोत्कृष्ट तीज सामाजिक गीत
धर्मराज गिरी :नौ डाँडापारि
सर्वोत्कृष्ट तीज युगल गीत
लीला कंवर/चन्द्रा चलाउने : सौता –२
सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी
गोरखा चौतारी म्यूजिक प्रा.लि.
सर्वोत्कृष्ट तीज गीत कम्पनी
रक्षा म्यूजिक प्रा.लि.
सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
अमृत खाती : नाचौं घुमी घुमी
सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
उमा श्रेष्ठ : भाइरल
सर्वोत्कृष्ट तीज गायिका
सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
सर्वोत्कृष्ट तीज दोहोरी गीत
जमुना आचार्य/गोकर्ण राना मगरः छड्के तिलहरी
सर्वोत्कृष्ट तीजगीत
मञ्जु पौडेल : माइतीको आँगन
पब्लिक च्वाइस अवार्ड (गायक)
सन्तु थापा : चन्दनै चन्दनै
जुरी अवार्ड (एरेञ्जर)
कृष्ण पुन :पहिलो नम्वर सुन
क्रिटिक्स अवार्ड (लय)
विशाल ढकाल : डोली चढियो
इन्करेजमेन्ट अवार्ड (शब्द)
सविता पोखरेल : माइतीको आँगनी
इन्करेजमेन्ट अवार्ड (नव–गायिका)
सरु थापा मगर : मायाकै पीर बरी लै
इन्करेजमेन्ट अवार्ड (नव–गायिका)
स्मृति गौतम : नाचौं घुमी घमी
पपुलर सिंगर अफ दि इयर
श्रीदेवी देवकोटा : झल्को