सम्पूर्ण छायांकन अमेरिकामा गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक भएको ट्रेलरमा अमेरिका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरिकामै रहँदै आएका नेपाली कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ का निर्देशक तथा सम्पादक ईश्वर थापा हुन् ।
ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु राना मगर र सम्झना उप्रेतीको लगानी रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौडेल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रका निर्देशक ईश्वर थापाले प्रदर्शन अमेरिकाबाटै हुने तयारी भईरहेको कुरा जानकारी गराउदै ९ सेप्टेम्बरमा न्यूयोर्कमा र १६ सेप्टेम्बरमा ब्रानफर्ट सिटीमा रिलिज हुने निश्चित भैसकेको बताएका छन् ।
