सङ्गीतकार संघमा शान्तिरामको नेतृत्व

सङ्गीतकार संघको हालै सम्पन्न आठौँ साधारण सभाले शान्तिराम राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ l सबै पद सर्वसम्मतिबाट चयन भएको हो l जस अनुसार वरिष्ठ उपाध्यक्षमा सुनिल मास्के, प्रथम उपाध्क्षमा महेश खड्का, द्वितीय उपाध्यक्षमा चेतन सापकोटा, महासचिवमा पारस मुकारुङ, सचिवमा वसन्त सापकोटा, कोषाध्यक्षमा हरि लम्साल र सदस्यहरुमा मिलन मोक्तान, शशी रावल, जेम्स प्रधान र राजेश थापा चुनिएका छन् l संशोधित विधान अनुसार नयाँ कार्यसमितिले २ जना सदस्य थप गर्ने छ l विधानको प्रावधान अनुसार निवर्तमान अध्यक्ष लक्ष्मण शेष स्वतः संरक्षक हुने छन् l
वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा सम्पन्न सो साधारण सभाले संशोधित विधान र बहुचर्चित कल्याणकारी कोष संचालन सम्बन्धी कार्यविधि पारित गरेको छ भने समारोमा कल्याणकारी कोषका दाता एबं संघका आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो l