प्रथम नेपाल म्युजिक अवार्ड सम्पन्न

नेपालकै हाल सम्मकै ठूलो भनिएको म्युजिक अवार्ड कार्यक्रम ‘नेपाल म्युजिक अवार्ड’ पूर्व घोषित योजना अनुसार होटल अन्नपूर्णमा सम्पन्न भएको छ l प्रतिष्पर्धात्मक ३८ विधामा सर्वोत्कृष्ठताका आधारमा अवार्ड प्रदान गरिएको सो समारोहमा राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई नगद रु. ५१ हजार १ सय ११ सहित लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने लोकगायक बुद्धिकृष्ण लामिछानेलाई रु. ११ हजार नगद सहित ‘लोक संगीतकर्मी सम्मान’ द्वारा सम्मान गरिएको थियो l यसैगरी वरिष्ठ लोकगायिका हरिदेवी कोईरालालाई पनि ‘विशेष सम्मान’ गरिएको थियो l अवार्ड विजेताहरुको छनोट निष्पक्ष र धाँदलीरहित ढंगले गरिएको दाबी गर्दै आयोजक संस्था चाहना मिडियाका अध्यक्ष सहदेव कोईरालाले पहिलो आयोजना भएका कारण केही कमी कम्जोरी भएको हुन सक्ने बताउँदै प्राप्त भएका सल्ला सुझावका आधारमा आगामी बर्षबाट त्यसलाई सुधार गरिने जानकारी गराएका छन् l अवार्ड समारोहमा सर्जक-कलाकार, म्युजिक व्यावसायी, संचारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो l