माटो र मुटुको गीतमा रमाउने गीतकार प्रेमगीत लिएर आए

तुलसी गिरी ‘भावुक’


वरिष्ठ गीतकार चूडामणि देवकोटाको शब्दरचनामा रहेको गीत सपनीमा को भिडियो सार्वजनिक भएको छ l ओएसआर डिजिटल युट्युब च्यानलबाट एकदिन अघि मात्र भिडियो विश्वव्यापी रुपमा बजारमा आएको हो l प्रेमआकर्षण भावको यस गीतमा वरिष्ठ सङ्गीत साधक शक्ति बल्लभको सङ्गीत र स्वर रहेको छ l कुनै युवतीको सौन्दर्यबाट मोहित भएपछि युवकले त्यो रुप र सौन्दर्यको उच्चतम् बयान गरेका कुराहरु गीतले बोलेको छ l विशेषगरी देशभक्ति भावका अर्थात् माटो र मुटुको गीत रचनामा रमाउने गरेका, गीतकार सङ्घका अध्यक्ष समेत रहेका सर्जक चूडामणि देवकोटालाई यस प्रकारका प्रेम गीतमा भने विरलै देख्न पाइन्छ l

SUBSCRIBE 👉



प्रदिप श्रेष्ठको कोरियोग्राफी, रविचन्द्र कोईरालाको सिनेम्याटोग्राफी र जितेन्द्र राजोपाध्यायको सम्पादनमा निर्मित यस म्युजिक भिडियोमा लिगेश भट्टराई, रेश्मा सुवेदी र कञ्चन चालिसेले अभिनय गरेका छन् l भिडियोको लगभग अन्त्यतिर सपना त देख्नु तर सपनामै नहराउनु किस्ने ! भन्ने संवाद सहित गीतकार देवकोटालाई पनि देख्न सकिन्छ l भिडियोमा नायकलाई दिउँसै सपनामा हराएको देखाईएको छ l

SUBSCRIBE 👉