आदर्श परिवार र स्वर्ग जस्तो घरको परिकल्पना गर्दै डी.आर.

-तुलसी गिरी ‘भावुक’


कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको गीत घर यस्तो होस् को भिडियो सार्वजनिक भएको छ । डी.आर.को शब्द / स्वर र सागर अधिकारी ‘शरद’ को सङ्गीत रहेको यस गीतको लिरिकल भिडियो DR Music & Creations मार्फत भरखरै सार्वजनिक गरिएको हो । गीतकारका रुपमा थुप्रै प्रकारका विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय यो गीत मार्फत गायनमा पनि देखिएका छन् । गीतमा उनले सबैको घर स्वर्ग जस्तै होस् भन्ने चाहना पोख्दै घर स्वर्ग हुनका लागि परिवारका सदस्यहरुले के कस्ता कर्तव्य र दायित्वहरु निभाउनु पर्दछ भन्ने कुरा समेत व्यक्त गरेका छन् ।

‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सबैले आ-आफ्नो जिम्मेवारी वहन गरुन् l हरेकको घरमा सुख शान्ति होस् भन्ने हेतुले मैले यो गीत स्रोता / दर्शकमाझ ल्याएको हुँ’ कीर्तिमानी गीतकार डा. उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक भएको एल्बम स्वर्गघर मा समावेश रहेको गीत हो यो ।

दश उपन्यास र सयौं गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मस्तिष्कमा बस्न सफल डा. डी.आर. उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम मायाको सागर सार्वजनिक भएको थियो । उनका अहिलेसम्म १८ एल्बम र सयौं गीत स्रोता / दर्शकमाझ आईसकेका छन् ।

गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. डी.आर.ले वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डन लगायत बिभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड एभरेष्ट वर्ल्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

SUBSCRIBE 👉

उनले नेपाली गीत-सङ्गीतका विविध विधामा राखेको नामको खातिर विश्वका बिभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । हिरो २०१९ बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा वर्ष गीत पुरस्कारबाट समेत पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर आयोजना भएका बिभिन्न गीत–सङ्गीतका अवार्डमा पनि उनी सर्वोत्कृष्ट गीतकारको अवार्ड चुम्न सफल भएका छन् ।


शब्दमा गीत :

घर यस्तो होस् जहाँ सुख शान्तिले बास गरोस् ।
एक अर्काको आधार बनोस् परिवार
हर ओठमा मुस्कान सधैं कायम रहोस्
जहाँ माता पिताको आदर होस्
सन्ततिको भावनाको कदर होस्
कर्तब्यदेखि टाढा नभागोस् कोही
हर सुख दुःखमा सधैं साथ रहोस्
घर बनोस् मन्दिर जहाँ ईश्वरको बास रहोस्
सधै विश्वासको आधार बनोस् परिवार
हर ओठमा मुस्कान सधैं कायम रहोस्
रिस राग कसैको मनमा नहोस्
सद्भाव सबैमा रहिरहोस्
हर कठिन घडीमा एक जुट बनोस्
माया ममता सधैं बनिरहोस्
घर बनोस् मन्दिर जहाँ ईश्वरको बास रहोस्
एक अर्काको खुशी बनोस् परिवार
हर ओठमा मुस्कान सधैँ कायम रहोस्

SUBSCRIBE 👉