भारतीय बिस्तार*वाद विरुद्ध ज्योतिप्रकाशको जङ्गे पिलर

-तुलसी गिरी ‘भावुक’


सदियौंदेखि नेपालको भूमिमा गिद्दे दृष्टि राख्दै आएको इण्डियाले सुदूरपश्चिमको नेपाली भू-भाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्शामा राखेपछि नक्शाको बदला नक्शा नै प्रकाशित गरेर इतिहासमै पहिलोपटक भारतीय दादा*गिरी विरुद्ध नेपाल सरकारले ठाडो प्रति*वाद गरेको छ l

यतिबेला सर्वसाधारण नेपालीहरु सडक र सामाजिक सञ्जालमार्फत इण्डियन बिस्तार*वाद वि*रुद्ध आ*न्दोलित भएका छन् भने सर्जक / कलाकार आफ्ना कला / सिर्जना मार्फत ऐक्यवद्धता जनाउँदै देशभक्ति र वीरताको आवाज गुञ्जाईरहेका छन् l अनि सम्पूर्ण नेपालीहरुमा स्वाभिमान जगाउने काम गरिरहेका छन् l यसै सिलसिलामा भरखरै सर्जक / कलाकार ज्योतिप्रकाशले राष्ट्र र राष्ट्रियताप्रति समर्पित गीत जङ्गे पिलर को भिडियो सार्वजनिक गरेका छन् l

दक्षिणतिर सिमानामा जङ्गे पिलर ढाल्यो
पश्चिमतिर कालापानी आफ्नै भन्न थाल्यो
देशभक्तिपूर्ण भाव रहेको यस गीतका रचनाकार तथा सङ्गीतकार ज्योतिप्रकाश हुन् भने गीतमा स्वयम् ज्योतिप्रकाश, सरोज कोईराला, जिना रसाईली र मिना एन. पी. ले स्वर दिएका छन् l राजु कार्कीको सङ्गीत संयोजन तथा सन्तोष पौडेलको मिक्सिङ / माष्टरिङ रहेको यो गीतको भिडियो सर्जक स्वयम्को युट्युब च्यानल Jyoti Prakash मा हेर्न सकिन्छ l गीतमा इण्डियाले अवसर खोजीखोजी कसरी नेपाललाई लुछिरहेको छ भन्ने कुरा व्यक्त गरिएको छ भने सबै नेपाली एकजुट भएर प्रतिवादमा उत्रन पनि आह्वान गरिएको छ l

भिडियो

SUBSCRIBE 👉

शब्दमा गीत
दक्षिणतिर सिमानामा जंगे पिलर ढाल्यो
पश्चिमतिर कालापानी आफ्नै भन्न थाल्यो
पूर्वतिर भाइ फुटाउने चाल चल्न थाल्यो
उत्तरतिर ललिगुराँश चुँडाएर फाल्यो
उठौं सबै नेपाली, जुटौं अब त
सिमा मिच्ने दुश्मनलाई सिकाऊँ सबक

गोर्खालीको इतिहास देखाईदिन पर्ने भो
वीरताको गाथा फेरि लेखाईदिन पर्ने भो
अत्ति गर्यो दुश्मनले नेपाल आमामाथि
उद्याऊँ अब खु*कुरी चिर्न बैरीको छाती
उठौं सबै नेपाली …

उठ हिमाल जुट पहाड जुर्मुराऊ तराई
सिमा मिची घरभित्रै छिर्यो अरे पराई
चन्द्रसूर्य अङ्कित झण्डा झुक्न दिन हुन्न
बैरी सामु आमाको आश टुट्न दिन हुन्न

उठौं सबै नेपाली …

SUBSCRIBE 👉