राष्ट्रियता, मानवीयता र स्वाभिमानको सन्देश छर्दै गीतकार डीपी ‘परिश्रमी’

-तुलसी गिरी ‘भावुक’


गीतकार डीपी ‘परिश्रमी’ को शब्दरचना, लक्ष्मण शेषको सङ्गीत र निशान भट्टराईको स्वरमा समसामयिक तथा राष्ट्रिय भाव बोकेको गीत संसार जितेर गए नि भिडियोमा सार्वजनिक भएको छ l वीर बहादुर थारुको सम्पादनमा तयार भएको यस गीतको भिडियो Delighted Nepal नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

SUBSCRIBE 👉

संसार जितेर गए नि माटोलाई भुल्दिन, अवतारै फेरेर आए नि आमालाई भुल्दिन जस्तोसुकै पद र हैसियतमा रहेपनि, सफलताको जतिसुकै अग्लो शिखरमा पुगेपनि आफ्नो पृष्ठभूमि बिर्सनुहुन्न भन्ने सन्देश गीतले दिएको छ l आफू जन्मेको धर्ती र जन्म दिने आमा स्वर्ग भन्दा माथि छन् भन्ने पनि यस गीतको आशय हो l छिमेकी देश भारतबाट भईरहेको सिमा अति*क्र*मण र कोरोना भाईरसको प्र*कोपको बिषयलाई समेत समेट्दै गीतमा सबैप्रति मानवीय र समभाव राखौं, आफ्नो वीरताको इतिहास नबिर्सौं, आपत परेका बेला संयमता अपनाऊँ र अरुसँग सहयोग माग्ने भन्दैमा स्वाभिमान नबेचौं जस्ता मननीय भावहरु व्यक्त गरिएका छन् l  समग्रमा यो गीत तथा भिडियोले दर्शक / श्रोतामा राष्ट्रियता, मानवीयता र स्वाभिमानको सन्देश छर्ने देखिन्छ l

SUBSCRIBE 👉