–तुलसी गिरी ‘भावुक’
कोरोना भाइरसका कारण मुलुकभर लकडाउन भइरहेको असहज परिस्थितिमा पनि सर्जक / कलाकारहरुले शन्देश एवं चेतनामूलक गीतका भिडियो प्रकाशन गरिरहेका छन् l यसै सन्दर्भमा साँस्कृतिक संस्थानले पनि ‘जनचेतनाका लागि’ भन्दै कोरोना विशेष सन्देश एवं चेतनामूलक गीत ‘जब देशलाई दुख्छ’ को भिडियो हालै सार्वजनिक गरेको छ l

‘जब देशलाई दुख्छ हामी एक हुन्छौं, हातेमालो गर्दै हामी अघि बढ्छौं’, प्रभाकर देव शर्माको शब्दरचना, विपिन घिमिरेको सङ्गीत, सञ्जय श्रीपालको सङ्गीत संयोजन तथा विपिन घिमिरे, शिला विष्ट अली र साथीहरुको स्वरमा रहेको यो गीतको भिडियो प्रभाकर देव शर्माको निर्देशनमा तयार भएको हो l जसमा मदन महर्जनको छायाङ्कन र सुरेश राउतको सम्पादन रहेको छ l

गीतमा कोरोनाबाट बच्नका लागि के कस्ता सावधानी अपनाउने भन्ने जानकारी समेत प्रस्तुत गरिएको छ भने कोरोना लागेका लक्षणबारे भिडियोको बीचमा संवादहरु राखिएका छन् l भिडियोले ‘कोरोनासँग नडराऊँ, मात्र सावधानी अपनाऊँ’ भन्ने सन्देश दिएको छ l

जमलस्थित संस्थानकै भवन र परिसरमा छायाङ्कन गरिएको यस भिडियोमा संस्थानका महाप्रवन्धक अशोक प्यासी राई, गीतकार तथा भिडियोका निर्देशक प्रभाकर देव शर्मा लगायत शारदा सिलवाल, खर्क बहादुर बुढा, वीरेन्द्र हमाल, रेखा श्रेष्ठ, सीतामैया राजचल, शवनम सिलवाल, पार्वती ज्ञवाली, दुर्गा प्रसाद खतिवडा, शिला विष्ट अली, विपिन घिमिरे, सुशीला थापा, माया थापा, गीता थापा, राम भजन कामत, विना पोखरेल, तिलक सुनुवार, सुस्मिता तामाङ, नारायणी पाण्डे आदि कलाकारहरुको अभिनय रहेको छ l

Add Comment