फिल्मीखबर चलचित्र वर्ष व्यक्ति तथा सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कारको घोषणा

विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । फिल्मीखबर चलचित्र वर्ष व्यक्ति एवं फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरिएको  हो ।

फिल्मीखबर चलचित्र वर्ष व्यक्तिका रुपमा यसपटक पुरुषतर्फ निर्देशक प्रदीप भट्टराई र महिलातर्फ गायिका मेलिना राई चयन भएको फिल्मीखबर साप्ताहिकले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंग पत्रकार सुमन वैरागीलाई प्रदान गरिने भएको छ ।

थुप्रै टेलिचलचित्रमा कार्यगत अनुभव बटुली चलचित्रमा प्रवेश गरेका प्रदीप भट्टराईलाई क्रमश: जात्रा, शत्रुगते एवं जात्रै जात्राको ह्याट्रिक सफलतासँगै यसवर्ष सफल चलचित्र जात्रै जात्राका आधारमा  चयन गरिएको फिल्मीखबरले बताएको छ भट्टराई  यतिखेर  चर्चित  टेलिभिजन  रियालिटी  शोमा निर्णायक रहेका छन् भने  जात्रा सिरिजको नयाँ चलचित्र लेखन कार्यमा छन् ।त्यस्तै  पार्श्वगायन  यात्राको  पहिलो गीत कम्मरमाथि पटुकी {नाइँ नभन्नु ल २} देखि निरन्तर रुपमा  पार्श्वगायनमा  सफल मेलिना राईलाई यस वर्षको महिलातर्फको वर्ष व्यक्तिमा  चयन  गरेको  फिल्मीखबरले  बताएको छ ।चलचित्र गीत, आधुनिक एवं लोकगीत  जताततै उनको व्यस्तता, सफलता र लोकप्रियतालाई  आधार  मान्दै  मेलिना  राईलाई चयन गरिएको फिल्मीखबरको कथन छ ।

यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रङ्गपत्रकार सविन शाक्यको  स्मृतिमा  स्थापना  गरेको फिल्मीखबर सविन स्मृति रङ्गपत्रकारिता पुरस्कार यसवर्षरङ्गपत्रकार सुमन वैरागीलाई प्रदान गरिने घोषणा  गरेको छ । विगत डेढ दशकभन्दा लामो अवधिदेखि रङ्ग पत्रकारितामा सक्रीय रुपले  संलग्न  रही  हाल  उनी म्यूजिक खबर डटकम र म्यूजिक  खबर  पाक्षिकमा  प्रधान  सम्पादक  रहेका  छन् । रङ्ग पत्रकारितामा  उनको सक्रियताको  मूल्याङ्कन  गर्दै  फिल्मीखबरले  फिल्मीखबर  सवीन स्मृति रङ्ग  पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएको छ ।

वार्षिकोत्सवकै दिन विशेष कार्यक्रम गरेर सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यसपटक कोरोना भाइरस प्रकोपका कारण केही दिनपछि मात्र कार्यक्रम गरि सम्मान र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका प्रधान सम्पादक शान्तिप्रियले बताएका छन् ।

प्रियका अनुसार, वर्ष व्यक्तिका लागि ट्रफी, प्रमाणपत्र सहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद राशी ११०११।– (एघार हजार एघार रुपैया मात्र) सहित सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।

SUBSCRIBE 👉