सन्तोष उपाध्याय ‘मिष्टर नेपाल २०१९’ घोषित

सन्तोष उपाध्याय नयाँ मिष्टर नेपाल बनेका छन् । बिहीबार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’ को ग्राण्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् ।

मोष्ट ट्यालेन्ट र मोष्ट फोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले शीर्ष उपाधिको साथमा मोटरबाइक र  नगद रू. २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । ओली गाउँ, अछामका सन्तोष स्वास्थ्यसँग सम्बन्धित पेशामा कार्यरत रहेका छन् ।

एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेको सो प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिदा प्रिन्स अभी थर्ड रनरअप र अभिनाष चौधरी फोर्थ रनरअप घोषित भए ।

बरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोईराला, कोरियोग्राफर महेश केसी,  भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, र मिष्टर नेपाल अक्षयजंग रायमाझीको निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।

आयोजक संस्था एक्सपोज नेपालकी सीईओ अर्चना थापा, निर्देशकहरु रविन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशील पाण्डे लगायतले बिजेतालाई पुरस्कार प्रदान गरेका थिए । टाइटल विजेताले ‘मिस्टर वर्ल्ड’ लगायत बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् ।

काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरान लगायतका देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगीहरुलाई स्वीमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, गु्रमिङ, मेकअप, ड्रेसवेयर लगायत बिभिन्न बिषयको प्रशिक्षण पश्चात अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो । प्रतियोगीतामा सप टाइटल बेष्ट ट्रेडिशनल वेयर अरुण कुमार डंगोल, मिष्टर स्पोर्टस् लोकेसराज श्रेष्ठ, मिष्टर कन्जिइनेटली बिजय लामा, बेष्ट मोडल राहुल सिंह राजुत, मिष्टर मल्टिमिडिया हिट शंकर कुलुङ, मिष्टर फिटनेश बिमल पाण्डे, मिष्टर डिजीपेय पपुलर अबिनाच चौधरीले प्राप्त गरे ।

१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागिता रहँदै आएको यो प्रतियोगिताले युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बन्नका लागि प्रेरित गर्दै आएको छ ।

‘मिष्टर नेपाल’ २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

SUBSCRIBE 👉
SUBSCRIBE 👉