नेपाली लघु चलचित्र ‘परिणाम’ मस्को फिल्म फेस्टिवलमा

रुसको मस्कोमा अप्रिल २२ देखि २९ सम्म आयोजना हुने ‘डिटेक्टीभ फेस्ट इन्टरनेशनल फिल्म फेस्टिवल’ मा नेपाली लघु चलचित्र ‘परिणाम’ले सहभागिता जनाएको छ । सो फेस्टिवलका लागि नेपाली लघु चलचित्र ‘परिणाम’ छनोट भएको कुरा निर्देशक सुभाष गजुरेलले जानकारी गराएका छन् ।

सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको लघु चलचित्र ‘परिणाम’ मा प्रकृति र सम्पदामाथि मानव जातिले गरेको अपराधबाट सिर्जित परिणामलाई उजागर गरिएको कुरा गजुरेलले बताए ।

२० मिनेट लामो यस चलचित्रमा गणेश उप्रेती, सपना श्रेष्ठ, सुभाष गजुरेल र श्याम बरालको अभिनय रहेको थाहा भएको छ । टोलगेन्द्र  के.सी. को लेखन, गणेश कोईरालाको छायाङ्कन र जनजित के.सी. को सम्पादन रहेको यो लघु चलचित्र विश्वराम विष्ट र  छविलाल पाण्डेले निर्माण गरेको जानकारी प्राप्त भएको छ ।

SUBSCRIBE 👉