एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती

भदौँ ३० काठमाडौ । एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती भएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा दुबै पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी र हारिबोल भट्टराईले सैद्धान्तिक सहमतीपत्र सार्वजनिक गर्दै विज्ञहरु सँग छलफल गरेका छन् । सैद्धान्तिक सहमति पत्र सार्वजनिक गर्दे एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले वर्तमान नेकपाको सरकारको अधिनायकवादी कार्यशैली र नेपाली काँग्रेसमा देखीएको सत्ता लिप्सा र आन्तरिक विचलनले जनता दिग्भ्रमित भएकाले जनतालाई न्याय दिन पार्टी एकता गरेर अँगाडी बढ्न लागेको बताए ।

यस्तै नेपाली काँग्रेस वीपीका अध्यक्ष हरिबोल भट्टराईले वीपीको समाजवादी दर्शन अहिले पनि सान्दर्भिक रहेको तथा नेपाल धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य हुनपर्छ भन्ने आफ्नो पार्टीको सिद्धान्तमा दुवै पाटीको विचार मिलेकाले एकता गर्न लागिएको बताए । सैद्धान्तिक सहमती पत्रमाथीको छलफल कार्यक्रममा सहभागिता जनाउँदै विज्ञहरुले बर्तमान सरकारले देशलाई निकास दिन नसक्ने भएकाले दुईपार्टी बीच एकता हुनु स्वागत योग्य भएको बताए । छलफलमा भाग लिँदै सीमाविद् बुद्धिनारायण श्रेष्ठले देशको सीमाना सम्बन्धमा पार्टीको धारणा स्पष्ट हुनुपर्ने बताए ।

बर्तमान सरकारले सीमानाका विषयमा ध्यान नदिँदा निशानछाप बाट कालापानी ,लिपुलेक लिम्पीयाधुरा गायब भएको बताए । उनले नेपालको कुल १ लाख ४७ हजार १ सय ८१ बर्गकिलोमिटर क्षेत्रफलबाट ३ सय ७२ बर्गकिलोमिटर जमीन गायब भएको बताए ।उनले पछिल्लो समय भारतले मात्रै नभई चीनले पनि नेपालको भूभागमा आँखा लगाउन थालेको भन्दै सर्तक हुनुपर्ने बताए । बरिष्ठ अधिबत्ता सुरेन्द्र भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्थामा राजसँस्था विकल्पको रुपमा रहन सक्ने भएपनि ज्ञानेन्द्र र पारशको पछि लागेर राजसँस्था फर्कन नसक्ने ठोकुवा गरे । उनले राजनीतिक पाटीलाई मात्र जन्माउनु भन्दा पनि अहिले सम्मको उपलब्धीलाई सँस्थागत गर्दै राष्ट्रिय रुपमा सामाजिक आन्दोलन गर्नुपर्ने बताए । बर्तमान सरकार तनाशाही शैलिको भएको भन्दै यो सरकारलाई सबै मिलेर समाप्त पार्नुपर्ने भण्डारीको भनाई थियो । केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले न्यायको आशा गर्नु बेकार रहेको उनको भनाई थियो । पूुर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले अहिलेको संविधान सम्झौताको दस्तबेज भएको भन्दै यसमा सुधार आवश्यक रहेका बताए । उनले इजरायलको उदाहरण प्रस्तुत गर्दै इजरायलमा बैचारीक भिन्नता रहेपनि राष्ट्रिय मुद्धामा एक भएर उभिने गरे पनि नेपालमा त्यसो हुन नसकेको बताए ।

कार्यक्रममा डाक्टर जीवराज पोखरेल,जयराज आचार्य रमेश ढुंगेल लगायतले दुईपाटी बीचको एकता सम्बन्धि सैद्धान्तिक पत्रमाथी टिप्पणी गर्दै दुईपार्टी बीच एकता हुनु सकारात्मक भएको बताएका थिए । सात बुँदै सैद्धान्तिक आधारपत्रमा राष्ट्रको आवश्यकता पूर्ती गर्न दुई दल बीचको एकतालाई अपरिहार्य मानिएको उल्लेख गरिएको छ । विदेशी धनको प्रभावमा नेपालको ५ हजार बर्ष पुरानो सँस्कृतिक जगलाई उखेल्ने प्रयास गरिएको भन्दै नेपाललाई धार्मिक स्वतन्चत्रा सहित हिन्दु राष्ट्र बनाउने भनिएको छ । वीपी कोइरालाको राजनीतिक र आर्थिक दृष्टिकोणलाई मौलिक अभियानको रुपमा लिने उल्लेख गर्दै पार्टीको जिम्मेवारी पुरा गर्न दुई पार्टी एक भएर अँगाडी बढ्ने सैद्धान्तिक पत्रमा भनिएको छ । दुई पाटी बीचको एकताले समाजिक र समावेशी आर्थिक व्यवस्था भ्रष्टाचार, अधिनायकबाद,नवसामन्तवाद र लम्पसारबादको विरुद्धमा आवज बुलन्द बनाउन सकिने पनि सैद्धान्तिक सहमति पत्रमा उल्लेख गरिएको छ ।