दशनामीहरु बीच अनलाइन नृत्य प्रतियोगिता हुने


तुलसी गिरी ‘भावुक’

संसारभरि छरिएर रहेका दशनामी { गिरी, पुरी, भारती, वन, पर्वत, तीर्थ, सरस्वती, आरण्य, सागर र आश्रम } हरुको फेसबुक ग्रुप दशनामी फनग्रुप तथा फोटो रङ्ग महल ले हरेक महिना आयोजना गर्दै आईरहेको दशनामी अनलाइन प्रतिभा प्रतियोगिता अन्तर्गत पूर्व घोषित योजना अनुसार भदौ महिनामा नृत्य प्रतियोगिता को आयोजना गर्ने भएको छ । कार्यक्रमका परिकल्पनाकार हेम गिरीका अनुसार नृत्य प्रतियोगिता मा भाग लिन चाहने दशनामीहरुले आगामी भदौ १ देखि १३ गतेभित्र दशनामी फन ग्रुप तथा रङ्ग महल को ईमेल nepaldashnami@gmail.com मा भिडियो पठाईसक्नुपर्ने छ l

प्रतिस्पर्धीहरुले पठाएको भिडियो भदौ १५ गते ग्रुपको फेसबुक पेज र युट्युबमा पोष्ट गर्ने, १७ गते अन्तिम चरणको प्रतिस्पर्धाको लागि छनोट भएका प्रतियोगीहरुको नामावली प्रकाशन गर्ने, १८ देखि २३ गतेसम्म अन्तिम प्रतिस्पर्धीहरुलाई भिडियो बनाउन समय दिने, २५ गते अन्तिम चरणका भिडियोहरु पेज र युट्युबमा पोष्ट गर्ने र २८ गते विजेताहरुको नामावली सार्वजनिक गर्ने योजना रहेको कुरा कार्यक्रमका संयोजक दीपक पुरीले जानकारी गराएका छन् l संयोजक पुरीका अनुसार भिडियो सुरु गर्नु अघि प्रतियोगीले आफ्नो पूरा परिचय दिनुपर्ने छ भने भिडियो घटीमा ३ मिनेट र बढीमा ५ मिनेट सम्मको हुनुपर्ने छ l प्रतियोगीले नृत्य गर्ने गीत नेपाली हुनुपर्ने छ l

प्राप्त जानकारी अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: नगद रू. ७ हजार, ४ हजार र २ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिने छ भने नगद रू. १ हजार ५ सय र प्रमाणपत्र सहित एकजना प्रतियोगीले शान्त्वना पुरस्कार प्राप्त गर्ने छन् l पुरस्कारको राशी सुजन गिरीले प्रायोजन गरेको कुरा बताईएको छ l यसैगरी प्रतियोगिताको निर्णायकमा मनोज बि. क. रहेका छन् l यस प्रतियोगिता सम्बन्धी कुनै जिज्ञाशा भए प्रतियोगितामा भाग लिन चाहनेहरुले आयोजक कमिटीका दीपक पुरीको मोबाइल नम्बर ९८४३२९१९४३, ९८१८४२९८६४, आदित्य गिरीको मोबाइल नम्बर ९८१३४२५१६२ वा नवीन गिरीको मोबाइल नम्बर ९८१४४९६१५७ मा फोन गर्न सक्ने छन् l फन ग्रुपले हरेक महिना फरक फरक विधामा यस प्रकारको प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ l