भिडियो निर्देशनमा समेत सक्रिय हुँदै गीतकार अम्गाई

टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ का जज सनुप पौडेलको स्वर रहेको ‘न भुल्न सक्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । ध्रुवप्रसाद अम्गाईंको शब्दसिर्जना रहेको उक्त गीतमा हरि लम्सालको सङ्गीत रहेको छ । भिडियोमा सनम कठायत र अप्सना थापाले अभिनय गरेका छन् भने क्यामरामा मुकेश हुमागाई  र सम्पादनमा टेकेन्द्र शाह छन् l भिडियोको निर्देशन  गीतकार ध्रुव प्रसाद अम्गाईले नै गरेका हुन् l

गोरखा जिलाको फुजेलमा जन्मिएर विगत १८ बर्षदेखि प्रवासमा रहेका गीतकार अम्गाई केहीवर्ष यता गीत लेखनमा सक्रिय रहँदै आएका छन् । प्रेम – विछोडको भावलाई समेटिएको यो गीत हाम्रै समाजको वरिपरि घटिरहेका घटनाहरुसँग मेल खाने किसिमको छ । पछिल्लो समयमा यथार्थ र समसामयिक बिषयमा कलम चलाउँदै उनले एक उदियमान, आशालाग्दो गीतकारका रुपमा आफ्नो परिचय स्थापित गरेका छन् । खरो विचार र इमान्दार छवि भएका गीतकार अम्गाई मेहेनती एवं सादा जीवन र उच्च बिचारका व्यक्ति हुन । उनीद्वारा रचित मखमली  चोली, मन खोलेर गाउँ है गीत,  फूल दिउँ त, कहिले माया यता लायौ कहिले उता, नजुरेको लगन हाम्रो, पछिपछि बैंशालु माया जस्ता गीत श्रोताले धेरै मन पराएका छन् ।  उनको शब्द, अर्जुन पोखरेलको सङ्गीत तथा रवि ओड र दुर्गा खरेलको स्वरमा रहेको प्रेमगीत ‘भन भन प्यारे’ को भिडियो पनि छिट्टै आउने क्रममा रहेको गीतकार अम्गाईले जानकारी गराएका छन् । शिव बि. क. को निर्देशनमा निर्माण भएको यस भिडियोमा प्रियंका कार्की र आयुष्मान जोशीको अभिनय रहेको कुरा थाहा भएको छ ।

Video Link