आगामी जेठ ११ गते काठमाडौंमा आयोजना हुने पहिलो संस्करणको ‘जिनियर म्युजिक अवार्ड–२०७५’ को मनोनयनमा पर्न सफल सङ्गीतकर्मीहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ । अग्रज सङ्गीतकर्मी प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा सङ्गीतकार राजु सिंह, गीतकार पुरु लम्साल, गायक रमेश पाठक सहितले मनोनित सङ्गीतकर्मीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
२०७५ साल वैशाख १ गतेदेखि चैत मसान्त भित्रमा सार्वजनिक भएका गीत – सङ्गीत तथा तीनका स्रष्टा – कलाकारहरुलाई विभिन्न ४८ विधामा ‘जिनियस म्युजिक अवार्ड–२०७५’ प्रदान गरिंदै छ । जिनियस म्युजिक प्रा. लि. ले स्थापनाको दशवर्ष पूरा भएको अवसर पारेर पहिलोपटक ‘जिनियस म्युजिक एवार्ड–२०७५’ आयोजना गर्न लागेको हो । कार्यक्रम काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने कुरा जिनियस म्युजिकका प्रवन्ध निर्देशक रमेश पाठकले जानकारी गराएका छन् । समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीत, चलचित्र (गीतकार, गायक, गायिका, सङ्गीतकार), लोक तथा दोहोरी, आधुनिक, पप, बाल गीत, म्युजिक भिडियो ( महिला तथा पुरुष मोडल, छायाकार, सम्पादक, निर्देशक), सङ्गीत संयोजक, ध्वनि मुद्रक आदि गरि विभिन्न ४८ विधामा अवार्ड वितरण गरिने छ ।