सहोदर दिदीबहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घण्टासम्म नृत्य गरेर युगल नृत्यमा वर्ल्ड रेकर्ड राख्ने भएका छन् l जेठ २ गते रिपोर्टर्स क्लव, भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराईएको हो l यही जेठ ११ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डका नेपाल प्रतिनिधिहरुको उपस्थितिमा उनीहरुले नृत्य गर्ने कुरा थाहा भएको छ l यसअघि अमेरिकाका ब्रेट ग्रिस र जेनिफर ग्रिसले लगातार ३८ घण्टा ३० मिनेट नाचेर बनाएको युगल नृत्यको विश्व रेकर्डलाई श्रेष्ठ दिदीबहिनीले तोड्ने भएका हुन् l
रुबिशा र एलिशा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थाई बसोबास भएका सन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठका छोरी हुन् l बि. स. २०५६ सालमा जन्मिएकी रुबिशा क्यापिटल कलेजमा स्नातक प्रथम बर्षमा अध्ययनरत छिन् भने २०५८ सालमा जन्मिएकी एलिशा एभरेष्ट कलेजमा १२ मा अध्ययन गरिरहेकी छिन् l सानैदेखि सङ्गीत र नृत्यमा विशेष अभिरुची भएका र आफ्नै बुबाबाट नृत्य सिकेका दिदीबहिनी रुबिशा र एलिशाले जतिसुकै कठिन भएपनि युगल नृत्यमा वर्ल्ड रेकर्ड राखेरै छाड्ने बताएका छन् l पत्रकार सम्मेलनमा उनीहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए l
विस्तृतमा भिडियो हेर्नुहोस्