लक्ष्य ठूलो पर्दाको

आर्टिस्ट नेपाल मार्फत मोडलिङमा पाईला चालेकी ईनाको लक्ष्य नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाईरहेकी दूधपाटी, भक्तपुरकी १८ वर्षीया ईना सा‌गाछेँ सानैदेखि बिशेषगरी चर्या नृत्यमा निकै अब्बल छिन् । जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ बर्षको उमेरदेखि नै नृत्य सिकेकी हुन् । कला मण्डपका नृत्यगुरु मिन बज्राचार्य र नेपाल सांस्कृतिकका नित्यगुरु महेश हाडासँग चर्या नृत्यको प्रक्षिक्षण लिएकी उनले हिपहपको फेशन लाईनका सुरज लिम्बूसँग र ब्रेक तथा बिबोईङ डान्स अमन कपालीसँग सिकेकी हुन् । उनी हाल केही कला केन्द्रमा नृत्य प्रक्षिक्षकको रुपमा समेत कार्यरत  छिन् ।

सिभिल ईञ्जिनियरिङमा डिप्लोमा गरिरहेकी उनले आफूमा भएको अन्तर्निहित प्रतिभा देखाउन ग्ल्यामर फिल्डमा प्रवेश गरेको वताईन् । ५.५ फिट उचाई भएकी ईना म्युजिक भिडियो तथा चलचित्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । नृत्य बाहेक अभिनयमा पनि पोख्त ईनाले केही वेब सिरिज तथा केही म्युजिक भिडियोहरु पनि खेलिसकेकी छिन् ।

आर्टिस्ट नेपाल स्टुडियोमा फोटो सुटको क्रममा उनले नायिका तथा मोडलिङ अवसरको लागि प्रतिभा र क्षमतालाई आधार मानेर आउने प्रस्ताव स्वीकार्य हुने बताईन् । यही फिल्डमा केही गर्ने सोचका साथ आवश्यक ट्रेनिङ लिएको र ती कुराहरुको कदर हुनुपर्ने बताईन् ।

 

मोडल सोर्स : आर्टिस्ट नेपाल

मोडल: ईना सा‌गाछेँ
फोटोग्राफर: कुवेर  तामाङ

मेकअप – सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोज, कमलादी, पुतलीसडक