नेपालमै पहिलोपल्ट ‘हास्य टेलि अवार्ड’ को आयोजना हुने

आफू रोएर जगत हँसाउने हास्य कलाकारहरुको सम्मानको निमित्त नेपालमै पहिलोपटक ‘हास्य टेलि अवार्ड २०७५’ को आयोजना हुने भएको  छ । अहिलेसम्म टेलिभिजन र युट्युबबाट प्रसारण भएका हास्य टेलि फिल्महरुलाई प्रोत्साहनको लागि यो अवार्डको आयोजना गर्न लागिएको कुरा आयोजकले बताएका छन्  । आगामी पौष ७ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिने यस समारोहमा बिभिन्न १९ विधामा अवार्ड प्रदान गरिने कुरा अवार्ड संयोजक कृष्ण पुलामी मगर (क्रिश) ले जानकारी दिएका छन् ।

अवार्डमा सामेल हुन चाहनेहरुले आगामी मङ्सिर २५ गते सम्ममा आफ्ना टेलिफिल्मको डिजिटल कपी सहित आवेदन दिन सक्ने छन् । अवार्ड ७५ % भोटको आधारमा र २५% निर्णायक मन्डलको निर्णय अनुसार वितरण हुने कुरा समेत संयोजक पुलामीले जानकारी गराएका छन् । नेपालमै पहिलोपल्ट सम्पन्न हुन लागेको यस अवार्डलाई मलेसियामा थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको ‘फ्रेन्डसिप धमाका’ ले आयोजना गरेको हो ।

अवार्डमा सामेल हुन चाहनेहरुले ९८६९१९४८४८, ०१-४४८७८४६ मा सम्पर्क गरी आवेदन दिन सक्ने छन् । अवार्डले पुरानालाई सम्मान तथा नयाँलाई प्रोत्सान हुने र आउने नयाँ प्रतिभाहरुलाई पनि हौसला हुने अवार्ड संयोजक पुलामीको भनाइ छ । आयोजक संस्था फ्रिन्ड्सिप धमाकाले विगतमा नेपालका बिभिन्न कलाकारहरुलाई समेटी मलेसियामा लगभग २ दर्जन भन्दा बढी कार्यक्रम सम्पन्न गरिसकेको छ ।