लोक श्रष्टा स्व.कल्याण शेरचनको ७२ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय नाचघर र कल्याण शेरचन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा ‘राष्ट्रिय सारंगी उत्सव-२०७५’ सम्पन्न भएको छ l संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरको मिनी हलमा सम्पन्न भएको थियो l कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझीले स्व. शेरचनको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए भने समारोहमा संस्थानका महाप्रवन्धक राजेश थापा लगायत कला, संस्कृति र संगीत क्षेत्रका विशिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो l
कार्यक्रममा हिमाली सांस्कृतिक परिवार, पोखराका कलाकारहरुले स्व. शेरचनका विभिन्न गीतमा आकर्षक सामूहिक नृत्यहरु प्रस्तुत गरेका थिए भने कास्कीका गोविन्द गायक, मनु वाईबा र सम्मर बहादुर गायक, रुपन्देहीका कर्ण गन्धर्व, कीर्तिपुरका हरिशरण नेपाली, झापाका लाल बहादुर गन्धर्व, तनहूँका धर्म गन्धर्व, भोजपुरकी व्रत गन्धर्व, म्याग्दीका हेमन्त रसाईली, कपिलवस्तूका चिन्तामणि गन्धर्व, रोल्पाका झंकार बुढा, भक्तपुरका भरत नेपाली, दाङका खुम बहादुर के. सी., कोलम्बियन नागरिक एरिक वोक्याम लगायतले सारंगीवादन प्रस्तुत गरेका थिए l