गायिका सरु गौतमको तीजगीत ‘चाइनाको रेलमा’ सार्वजनिक

 

गायिका सरु गौतम नयाँ तीजगीत “चाइनाको रेलमा” लिएर आएकी छिन् । सरुले यसअघि पप, आधुनिक तथा लोकगीत प्रकाशन गरिसकेकी छिन् भने चलचित्रको पार्श्व गायनमा समेत उनलाई देखिंदै आएको छ l

ब्यबसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दीपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमको अभिनय तथा नृत्य देख्न सकिन्छ l उत्सव दाहालले छायांकन गरेको यस भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका हुन् l