छोटो समयमै सफलताको छलाङ

सङ्गीतलाई नै पेशा बनाएर निरन्तरता दिईरहने व्यक्तिहरुको नाम लिनुपर्दा एउटा भाग्यमानी नाम हो टंक बुढाथोकी । काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय: सबै गीत हिट छन् । चलचित्र जन्जिरको “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवालीको ‘काली तिम्रो नजरैले”, हवलदार सुन्तलीको ‘घण्टी बज्यो’, आबेग, सोल्टीले हाँसेको, टिचर मोबाईलको, क्यामरा लगायत चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफूलाई दर्शक सामु परिचित गराउन सफल टंकको पछिल्लो समय रिलिज भएको “मन बिनाको धन ठूलो” बोलको गीतले पनि व्यापक चर्चा पाइरहेको छ ।

मलेसिया र दुबईको कार्यक्रम सकेर बाल गायक अशोक दर्जी र टंक बुढाथोकी नेपाल आए लगतै फेरि पोखरा कार्यक्रमका लागि गएका छन् । पोखरामा टंकर अशोकलाई अत्यन्तै राम्रो तरिकाले र्याली सहित स्वागत गरियो । टंक बुढाथोकी र अशोक दर्जीको प्रस्तुति हेर्नका लागि पोखराबासीहरुको भीड लागेको थियो l