रविको संसार हाम्रै हो सार्वजनिक

रवि थापा मगर र रेश्मा पुनको स्वरमा रहेको आधुनिक युगल गीत ‘संसार हाम्रै हो’ भर्खरै भिडियोमा रिलिज भएको छ l फाष्ट बिटको यो गीतको भिडियोमा बिक्रम चौहान र अनु शाहको साथमा अन्य कोरस डान्सरहरुको समेत अभिनय रहेको छ l भिडियोको निर्देशन र कोरियोग्राफी समेत लोकप्रिय नृत्य निर्देशक बिक्रम चौहानले नै गरेका हुन् l
युट्युबमा अपलोड भएको लगभग डेढ महिनामा १५ हजार भ्यु पाईसकेको यो गीतको शब्द तुलसी बस्नेतले रचना गरेका हुन् भने सङ्गीत सन्तोष श्रेष्ठको, सङ्गीत संयोजन कुमार थापाको र ध्वनि मिश्रण श्यामश्वेत रसाईलीको रहेको छ l गीतको छयांकन ज्ञानेन्द्र शर्माले र सम्पादन मिलन बि. क. ले गरेको थाहा भएको छ l मीठो गायकीमा आएको यस गीतको भिडियोलाई निर्देशक / कोरियोग्राफर विक्रमले अझ सुन्दर बनाएका छन् l भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट बजारमा आएको छ l