डिजिटल प्रविधिमा निर्माण भएका चलचित्रलाई प्रोत्साहित गर्दै सो प्रविधिका चलचित्रमा गुणस्तरको विकाश गर्ने उद्देश्यकासाथ स्थापना गरिएको डी. सिने अवार्डको दशौँ बर्षको कार्यक्रम गत जेठ १० गते सम्पन्न भएको छ l प्रतिस्पर्धात्मक विधाका २९ र अन्य ८ गरी कूल ३७ चलचित्र एबं चलाचित्रकर्मीहरुलाई अवार्ड, सम्मान र पुरस्कार वितरण गरिएको सो कार्यक्रम राष्ट्रिय सभा गृहमा सम्पन्न भएको थियो l क्रिटिक्स अवार्ड अन्तर्गत चलचित्र ब्लाइण्ड रक्स, अभिनेता पुष्प खड्का र निर्देशक नवल नेपालले अवार्ड प्राप्त गरेका थिए भने पपुलर च्वाइस अवार्ड शत्रुगतेलाई दिईएको थियो l यसैगरी बसुन्धरा भुसाललाई छायाछवि लाईफटाइम लिजेंद्री अवार्ड, नरेन्द्र महर्जन र मौसमी मल्ललाई छायाछवि चलचित्रकर्मी रजत सम्मान, श्याम अर्याललाई छायाछवि चलचित्र पत्रकारिता पुरस्कार र पूर्णेन्दु झालाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको थियो l
विधा र विजेताहरु
१] एनिमेशन ग्लेज इन्टरटेनमेन्ट
२] पार्श्व सङ्गीत एलिश कार्की
३] ध्वनि मिश्रण सुनयमान श्रेष्ठ
४] गीतकार धिरेन्द्र प्रेमर्षी
५] गायिका विन्दु परियार
६] गायक सुगम पोख्रेल
७] सङ्गीतकार राजनराज शिवाकोटी
८] निर्देशक कविराज गहतराज
९] द्वन्द्व निर्देशक हिमाल के. सी.
१०] बाल कलाकार कुशाग्र भट्टराई
११] हास्य कलाकार केदार घिमिरे
१२] खलपात्र प्रशान्त ताम्राकार
१३] कथाकार नवराज बुढाथोकी
१४] पटकथाकार प्रदिप भारद्वाज
१५] संवाद लेखक दिपेन्द्र लामा
१६] नव नायिका जसिता गुरुङ
१७] नव नायक सलिमान बानिया
१८] नव निर्देशक झरना थापा
१९] चरित्र अभिनेत्री मिथिला शर्मा
२०] चरित्र अभिनेता पुष्कर गुरुङ
२१] सह-अभिनेत्री वर्षा राउत
२२] सह-अभिनेता सलोन बस्नेत
२३] छायाकार पुरुषोत्तम प्रधान
२४] सम्पादक मित्र डी. गुरुङ
२५] अभिनेत्री निता ढुंगाना
२६] अभिनेता अनमोल के. सी.
२७] निर्देशक मिलन चाम्स
२८] चलाच्जित्र कृ
२९] पपुलर चलचित्र छक्का पन्जा-२