भरखरै सफलतापूर्वक गायन प्रतियोगिता ‘नेपाल आइडल’ सम्पन्न गरेको एपी वान टेलिभिजनले निकट भविष्यमै संचालन हुने नृत्य प्रतियोगिता ‘बुगी वुगी’ मा गीत-सङ्गीत प्रयोग भए वापत रोयल्टी दिने प्रतिवद्धता ब्यक्त गरेको छ l तीनवटै रोयल्टी सङ्कलन संस्था एवं सङ्गीत क्षेत्रका अन्य सङ्घ-संस्थाका पदाधिकारीहरुसंग भएको छलफल कार्यक्रममा टेलिभिजनका निर्देशक सुरेश पौडेलले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् l छलफल कार्यक्रममा निर्देशक पौडेलले विगतमा कमी-कमजोरी भएको स्वीकार्दै आगामी दिनमा स्रष्टा-कलाकारको नैतिक अधिकार हनन हुन नदिने र टेलिभिजनले हरेकबर्ष आयोजना गर्दै आएको बार्षिकोत्सव कार्यक्रममा प्रयोग हुने गीतको समेत छुट्टै रोयल्टी दिने परम्परा बसाल्ने वचनवद्धता प्रकट गरेका थिए l उनले टेलिभिजनबाट समय समयमा प्रतिलिपि अधिकार बारेको चेतनामूलक सामग्री समेत प्रसारण गर्ने बताए l छलफल एपी वान टेलिभिजनको कार्यालय थापाथलीमा भएको थियो l
एपी वानद्वारा रोयल्टीको प्रतिवद्धता
July 31, 2018
July 31, 2018
सम्बन्धित खबरहरु
आठौँ संस्करण निम अवार्डको फारम खुल्यो, भर्ने अन्तिम म्याद पुस २०
November 27, 2024
राज टाइगर र जानु कार्की अभिनित म्युजिक भिडिओ ‘एउटै चाहना’ सार्वजनिक
November 20, 2024
लामो समय पछि रोमान्टिक भावमा गायक शिशिर योगी
November 18, 2024
एक अर्काप्रतिको प्रेम र समर्पण भावमा ‘जे जे माग्छौ माग’
November 16, 2024
गीतकार भीम धितालको म्युजिक भिडिओ ‘तिमी त साँच्चै BEAUTIFUL’ सार्वजनिक
November 13, 2024
प्रेममा उतारचढाव भइरहन्छ, ‘यस्तै हो मायामा’
November 9, 2024
‘हामी नसुतौं उठौं’ जागरण गान आजदेखि सुन्न सकिने
October 26, 2024
एआई, सङ्गीत र सर्जकहरुको भविष्य
October 10, 2024
यथार्थपरक कथामा दीपेन्द्र अधिकारीको दसैं-तिहार गीत
October 10, 2024
यात्रामा भेटिएकी युवतीको प्रेममा गायक कन्हैया सिंह परियार
October 4, 2024